Skip to content

आलोचनाका लागि आलोचना नगरौँ, सकारात्मक कामको समर्थन गरौँ : सांसद पराजुली

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले देशका लागि काम गर्न खोज्ने व्यक्ति र सरकारको अनावश्यक आलोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले वर्तमान सरकार पनि निरन्तर काम गरिरहेका कारण आलोचनाको सिकार भएको बताए ।

उनले प्रधानमन्त्रीले देशको मुहार फेर्ने उद्देश्यसहित अहोरात्र काम गरिरहेको भन्दै काम गर्दा आलोचना हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘हाम्रो देशमा केही गर्छु भन्ने मान्छेको आलोचना हुन्छ । त्यसको सिकार वर्तमान सरकार पनि भएको छ । प्रधानमन्त्रीज्यू देशको मुहार फेर्छु भनेर अहोरात्र खटिराख्नुभएको छ । निरन्तर काम गर्दा उहाँकै आलोचना हुन्छ ।’

पराजुलीले जिम्मेवार सरकारको प्रतिनिधिका रूपमा मन्त्री सुनिल लम्सालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफैँ गाडी चलाएर वर्षायाममा देशका दूरदराजमा पुगेर जनताको समस्या बुझिरहेको बताए।

‘उहाँ कुनै रिबन काट्न जानुभएको होइन । तर पनि उहाँकै आलोचना हुन्छ,’ उनले भने।

सांसद पराजुलीले आलोचनाका लागि मात्रै आलोचना गर्ने संस्कारको अन्त्य गर्दै सकारात्मक कामको समर्थन र नकारात्मक कामको आलोचना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

‘आलोचनाका लागि आलोचना होइन, सकारात्मक कुराको समर्थन र नकारात्मक कुराको आलोचना गर्ने संस्कार विकास गर्न अनुरोध गर्छु,’ उनले भने।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्