Skip to content

रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै

nmb bank inside

रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी भदौ ५ गते (शुक्रबार) बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा बस्न लागेको हो ।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीको संगठनात्मक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको कार्यसूचीअनुसार स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने तथा राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुनेछ ।

त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ । स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयसमेत कार्यसूचीमा राखिएको छ ।

बैठकमा केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ ।

यसैगरी, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा समावेश गरिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्