काठमाडौं । अभिनेत्री निरुता सिंहको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेल निर्देशित सिनेमा आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।
सार्वजनिक पोस्टरमा अभिनेत्री निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ ।
उनको भावभंगी र पोस्टरको प्रस्तुतिले सिनेमाको कथाप्रति दर्शकमाझ कौतूहल बढाउने देखिन्छ । यो पोस्टरमा अभिनेत्री सिंहको काखमा दुधे बालक लिएर गम्भिर मुद्रामा खुट्टाको पैतलाबाट रगत चुहिँदै गरेको अवस्थामा देखिएकी छन् ।
प्रदर्शन मिति घोषणा भएसँगै निर्माण टिमले सिनेमाको प्रचारप्रसारलाई तीव्रता दिने तयारी गरेको छ । किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको ‘सारथी’मा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता छन् । म्याग्दीको गुर्जा क्षेत्रमा यो सिनेमाको सम्पूर्ण छायांकन गरिएको हो ।
सिनेमामा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीको अभिनय रहेको छ ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर हुन् । छायांकन संकल्प भुजेलले गरेका हुन् ।
राजु खतिवडा मुख्य सहायक निर्देशन रहेको सिनेमामा बाबुबल गिरी र प्रशान्त शिवाकोटीको संगीत, बाबुल, प्रशान्त र रचना रिमालको स्वर तथा आर्ट डिरेक्टर श्याम कार्की र ड्रेस कोर्डिनेटरमा गोविन्द खड्का छन् । सिनेमाको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्