काठमाडौं । चर्चित भारतीय गायक शान्तनु मुखर्जी ‘शान’ सांगीतिक प्रस्तुतिका लागि शुक्रबार काठमाडौं आइपुगेका छन्।
ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्। शान यसअघि सन् २०११ मा नेपाल आएका थिए।
सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि लोकप्रिय बनाएको थियो। नेपाली शब्द र आकर्षक धुनका कारण उक्त गीत नेपालमा लामो समयदेखि चर्चित छ।
यसपटकको नेपाल बसाइमा शानले पशुपतिनाथ मन्दिरको दर्शन, काठमाडौं उपत्यकाको भ्रमण र मःम खाने योजना बनाएका छन्।
शनिबार हुने कार्यक्रममा उनले आफ्ना करिब ४० चर्चित गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्