Skip to content

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १३९ जनालाई कारबाही

nmb bank inside

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १३९ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५०, सिसिटिभिमार्फत ६७, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १५६, हर्न निषेधमा ४६, लेन क्रसमा ९९, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ६११ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्