Skip to content

गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग प्रचण्डको माग

nmb bank inside

गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग प्रचण्डको माग 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

शनिबार सञ्जालमार्फत उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारसँग माग गरे । उनले दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘यस घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

गरिमामाथिको अपराधले राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको बताउँदै उनले बालिकाहरूले भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको बताए ।

गरिमाका लागि न्याय माग गर्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रचण्डले घटनालाई एउटा परिवारमाथिको पीडामा मात्र सीमित गर्न नहुने बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्