Skip to content

कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन गर्न सहज हुन्छ :मन्त्री चौधरी

nmb bank inside

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।

बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिस्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताइन्।

‘हामीलाई जति धेरै समस्या देखाइदिनुभयो, औँल्याइदिनुभयो, कानुन त्यति नै परिस्कृत र विशिष्ट हुन्छ। र कानुन जति विशिष्ट हुन्छ, भोलि गएर कार्यान्वयन गर्न हामीलाई सहज हुन्छ,’उनले भनिन् । 

मन्त्री चौधरीले कानुन कार्यान्वयनका लागि विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गरेर अघि बढ्नुपर्ने बताइन् । मन्त्रालयले सरोकारवालासँग यस विधेयकसहित अन्य कानुनका विषयमा पनि छलफल गर्दै आएको उनको भनाइ छ ।

उनले भनिन्,‘हामीसँग संयन्त्र छ । त्यही संयन्त्रलाई प्रयोग गर्ने हिसाबमा अगाडि बढ्नुपर्छ । हामीले सरोकारवालाहरूसँग यो मात्र होइन, अरू कानुनहरूको विषयमा पनि छलफल गरिराखेका हुन्छौँ ।’

विगतमा कानुन कार्यान्वयनका क्रममा विभिन्न कमजोरी देखिएको उल्लेख गर्दै उनले आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिन विधेयकलाई प्रभावकारी बनाउनुपर्ने बताइन्।

उनले समितिबाट प्राप्त सुझावलाई विधेयकमा समेट्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

‘तपाईंहरूको सल्लाह र सुझावलाई कहाँ, कसरी समेटेर लैजान सकिन्छ, त्यसका लागि मन्त्रालय प्रतिबद्ध छ,’उनले भनिन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्