काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीको जोखिम चितवनको देवघाटभन्दा पनि विस्तार भई नवलपरासीको सुस्तासम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ। जलविज्ञान तथा मौसम विज्ञान क्षेत्रका विज्ञहरूले बाढीको प्रकृति विश्लेषण गर्दै जोखिम क्षेत्र विस्तार हुने संकेत गरेका हुन्।
जलविज्ञान तथा अनुसन्धान केन्द्रले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना पठाउने तयारी गरिरहेको जनाएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई समयमै सतर्क गराउन यस्तो प्रणाली सक्रिय बनाउन लागिएको हो।
केन्द्रका बाढीविद् सौहार्द जोशीका अनुसार यसअघि बाढीको प्रभाव चितवनको देवघाटसम्म सीमित रहन सक्ने अनुमान गरिएको भए पनि पछिल्लो अवस्थाले जोखिम क्षेत्र सुस्तासम्म पुग्न सक्ने देखिएको छ। उनले पूर्वतयारी र सूचना प्रणालीलाई थप सुदृढ बनाइएको जानकारी दिए।
‘बाढीको जोखिम अहिलेसम्म घटेको छैन, सुस्तासम्म नै जोखिम हुनसक्छ,’ बाढीविद् जोशीले बताए। उनका अनुसार हाल निरन्तर अनुगमन भइरहेको छ र आवश्यकताअनुसार थप चेतावनी तथा सूचना जारी गरिनेछ।
सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्