काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा देखिएको बाढी र पहिरोको महाविपद्को समयमा सबै राजनीतिक दलहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन आह्वान गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको समय राजनीति गर्ने नभई मानवीय सेवामा पूर्ण रूपमा समर्पित हुने समय भएको बताए।
लामिछानेले राहत तथा उद्धार कार्यमा अनुभव भएका सबै राजनीतिक दलका विज्ञ तथा विशेषज्ञहरूलाई एकै स्थानमा ल्याएर एकीकृत रूपमा परिचालन गर्न सरकार र सरोकारवाला निकायलाई आग्रह गरे । उनले भने, ‘हामीसँग भएका सबैभन्दा राम्रा हातहरू र दिमागहरूलाई एक ठाउँमा ल्याऔँ। अहिले कुनै दलको झन्डा बोकेर हिँड्ने बेला होइन, नेपालको झन्डा बोकेर एकजुट भई अगाडि बढ्ने बेला हो।’
सभापति लामिछानेले संसद्को सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्न पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पारे। उनले सबै दल र सरोकारवालासहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर ठोस कार्ययोजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
‘यो संकटको घडीमा हामी सबै एउटै टिम हौँ। समन्वयकारी जिम्मेवारी लिन र सरकारलाई सघाउन हामी चौबीसै घण्टा तयार छौँ,’ उनले भने।
उनका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन र पीडितसम्म राहत पुर्याउन सबै संयन्त्रलाई सामूहिक रूपमा परिचालन गर्नुपर्ने आजको आवश्यकता हो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्