काठमाडौं । सरकारले रसुवामा आएको बाढीबाट घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेहरूको तत्काल उपचार तथा उद्धारलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा बैठकलाई जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले घाइतेहरूको उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालमार्फत निःशुल्क रूपमा उपलब्ध गराइने बताए।
बैठकले बाढीबाट बिचल्लीमा परेका नागरिकहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने जिम्मा गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई दिने निर्णय पनि गरेको छ। उद्धार कार्यमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिने जनाइएको छ।
रसुवागढी क्षेत्रमा बिहान आएको बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी आसपासका क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको छ। बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनामा समेत असर पारेको प्रारम्भिक विवरण आएको छ।
सरकारले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सबै निकायलाई समन्वयात्मक रूपमा परिचालन गरेको जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्