काठमाडौं । तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको रसुवा र तिब्बतको केरुङमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बिहीबार जारी शोक सन्देश जारी गर्दै दलाई लामाले शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित सबैप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गरेका छन्।
उनले रसुवा र केरुङ क्षेत्रमा विगतमा पनि विपद्का घटना दोहोरिँदै आएको उल्लेख गर्दै यस्ता घटनाका पछाडि जलवायु परिवर्तन वा अन्य गहिरा कारण हुन सक्ने बताएका छन्।
यस्ता विपद् भविष्यमा दोहोरिन नदिन सम्भव भएसम्म उपयुक्त कदम र रोकथामका उपाय अवलम्बन गरिने आफूले आशा गरेको दलाई लामाले बताएका छन्।
‘यस क्षेत्रले विगतमा पनि विपत्तिहरू बेहोरेको हुनाले, यी पक्कै पनि कुनै गहिरो अन्तर्निहित कारणका लक्षणहरू हुन्–चाहे त्यो जलवायु परिवर्तन होस् वा अन्य कारकहरू,’ शोक सन्देशमा उल्लेख छ।
उनले भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिन आवश्यक सावधानी र रोकथामका उपाय अपनाउन सम्बन्धित पक्षले ध्यान दिने विश्वाससमेत व्यक्त गरेका छन्।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्