काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १३२ जना छन्। त्यस्तै, नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
बाढीमा घाइते भएका ६३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३१ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२ जनाको उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।
त्यस्तै, वीर अस्पताल र नर्भिक अस्पतालमा दुई–दुई जना उपचाररत छन्। मनमोहन अस्पतालमा दुई जना तथा ग्राण्डी अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्रीन सिटी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जना घाइतेको उपचार भइरहेको छ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत समन्वयलाई निरन्तरता दिएको जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्