काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै विस्थापितको तत्काल व्यवस्थापन र अवरुद्ध पूर्वाधार पुनःनिर्माणलाई सरकारले ‘सुपर इमरजेन्सी’का रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा महतले धुन्चे, प्रभावित क्याम्प तथा देविघाटलगायतका क्षेत्रमा पुगेर अवस्था अवलोकन गरेको बताए। उनले पछिल्लो बाढीबाट नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको उल्लेख गर्दै रसुवामा नदी आसपासका बस्ती तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताए।
महतले बाढीका कारण पुल तथा सडक संरचना बग्दा वारिपारिको सम्पर्क विच्छेद भएको भन्दै तत्काल बेलीब्रिज निर्माण गर्नुपर्ने बताए। बालबालिका एकातिर र अभिभावक अर्कोतिर हुने अवस्था सिर्जना भएको भन्दै उनले परिवारलाई पुनर्मिलन गराउने व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।
उनले उद्धारसँगै विस्थापितहरूका लागि तत्काल राहत तथा अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताए। सरकार र विपक्षी नभनी सबै राजनीतिक दल तथा नागरिक तहबाट राहत र उद्धारमा सक्रिय हुनुपर्ने उनको भनाइ छ।
महतले नेपाल र चीनबीच आपत्कालीन सूचना आदानप्रदान संयन्त्रलाई चुस्त बनाउनुपर्नेमा पनि जोड दिए। बाढीको जोखिमसम्बन्धी सूचना समयमै आदानप्रदान हुन सके मानवीय क्षति कम गर्न सकिने उनको तर्क छ।
बाढीले सडक, पुल, खानेपानी, विद्युत् तथा ढल प्रणालीमा ठूलो क्षति पु¥याएको भन्दै महतले पूर्वाधार पुनःनिर्माणका लागि सरकारले ठूलो लगानी गर्नुपर्ने बताए। उनका अनुसार खानेपानीका मुहान तथा ढल प्रणालीसमेत क्षतिग्रस्त भएकाले सामान्य राहत र सार्वजनिक सहयोगबाट मात्रै पुनःस्थापना सम्भव नहुने अवस्था छ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्