काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तीव्रता दिएको छ ।
बिहीबार हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको हो ।
साथै शुक्रबार सबेरैदेखि नेपाल टेलिकमका प्राविधिकहरु रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानहरुमा सेवा सञ्चालन गर्न तथा सञ्चालनमा आइसकेका टावरहरुलाई थप भरपर्दो बनाउन निरन्तर कार्यक्षेत्रमा खटिरहेका छन् ।
सो क्रममा रसुवा जिल्लामा बाढीका कारण बन्द भएको गोसाईंकुण्ड गाउँपालिका ५ मा अवस्थित गोलजुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याई स्याफ्रुबेसी, पार्वतीकुण्ड गाउँपालिका वडा नं ४, ५ तथा गोसाईंकुण्ड गाउँपालिका वडा नं ३, ५ तथा स्याफ्रुबेसी–टिम्मुरे राजमार्गका केही भागमा सेवा सुचारू भएको छ ।
नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका वडा नं ३ मा अवस्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आई विदुर नगरपालिकाको वडा नं १०, ११ तथा सूर्यगढी गाउँपालिका वडा नं ४ का केही भागमा दूरसञ्चार सेवा सुचारू भएको छ । यसका साथै विदुर नगरपालिका – ८ मा अवस्थित तुप्चे टावर तथा गोसाईंकुण्ड गाउँपालिका वडा नं २, टिम्मुरे माथिको डाँडामा अवस्थित टेलिकम टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरु खटाई सेवा सुचारु गर्ने क्रममा रहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्