Skip to content

विभिन्न स्थानीय तहलाई ‘विपद् संटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय (सुचनासहित)

nmb bank inside

विभिन्न स्थानीय तहलाई ‘विपद् संटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय (सुचनासहित)

काठमाडौं । नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित भएका ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विनाशकारी बाढीपछि प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो । 

गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो । 

नेपाल–चीन सीमास्थित भोटेकोसीमा आएको भीषण बाढीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रका स्थानीय तहहरूमा ठुलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्