Skip to content

अमेरिकाद्वारा नेपाललाई ३६ लाख अमेरिकी डलर सहयोग, १० हजार परिवारलाई खाद्यान्न

nmb bank inside

काठमाडौं । अमेरिकाले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढी सहयोग गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै यस विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको बताउदै सहयोगको घोषणा गरेको हो ।

मन्त्रालयका अनुसार यो सहयोगअन्तर्गत करिब १० हजार बाढी प्रभावित घरपरिवारलाई तीन महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।

विदेश मन्त्रालयले विपद्को यस कठिन घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको उल्लेख गरेको छ।

नेपालको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय सहयोग र राहत प्रयासहरू तीव्र बनिरहेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्