Skip to content

बाढी प्रभावितलाई १,२५० ग्यास सिलिन्डर दिने ग्यास उद्योग संघको घोषणा

nmb bank inside

काठमाडौं ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकलाई नेपाल एलपी ग्यास उद्योग संघले १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट उक्त परिमाणको ग्यास सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म वितरण गरिने जानकारी दिएका हुन्।

बुधबार बिहान आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा भएको धनजनको क्षतिप्रति संघले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

संघले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ भने बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाउन सबै पक्षसँग अपिल पनि गरेको छ।

विपद्को यस कठिन अवस्थामा विभिन्न निकाय मानवीय सेवामा सक्रिय रहेको उल्लेख गर्दै संघले प्रभावित नागरिकहरूको तत्काल आवश्यकता र कठिनाइलाई ध्यानमा राख्दै सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्