Skip to content

तातोपानी नाका अनिश्चितकालका लागि बन्द, नेपाल–चीन स्थल व्यापारमा गम्भीर असर

nmb bank inside

काठमाडौं । चीनले तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ।नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्गमध्ये एक तातोपानी नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने चीनले जानकारी गराएको हो।

कोदारी क्षेत्रको भत्किएको सडक मर्मतपश्चात नाका पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला चीनले यस्तो निर्णय सार्वजनिक गरेको हो।भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि केरुङमा रोकिएका सामानलाई वैकल्पिक मार्ग प्रयोग गरी तातोपानी नाकाबाट नेपाल भित्र्याउने प्रयास भइरहेको थियो। यसैबीच व्यापारीहरूले तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेका समयमा चीनको यो निर्णय सार्वजनिक भएको हो।

भदौ १० गते आएको बाढीपछि रसुवागढी नाका बन्द अवस्थामा रहेको छ। तातोपानी नाका समेत बन्द भएपछि नेपाल–चीन स्थलमार्गीय व्यापारमा गम्भीर असर पर्ने देखिएको छ। अब चीनसँगको व्यापारका लागि कोरला नाकामाथि थप निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ।

तातोपानी नाका कहिलेसम्म बन्द रहने भन्नेबारे चीनले कुनै स्पष्ट समयसीमा भने तोकेको छैन। अर्को सूचना जारी नभएसम्म नाका बन्द नै रहने जनाइएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्