Skip to content

नुवाकोटका बाढीपीडितलाई कोरिया रिटर्नी संस्थाहरूद्वारा संयुक्त राहत सामग्री हस्तान्तरण

nmb bank inside

नुवाकोटका बाढीपीडितलाई कोरिया रिटर्नी संस्थाहरूद्वारा संयुक्त राहत सामग्री हस्तान्तरण

काठमाडौं । भदौ १० गतेको बाढीबाट प्रभावित नुवाकोटका बासिन्दालाई दक्षिण कोरियाबाट फर्किएका नेपालीहरूका संस्थाहरूले संयुक्त रूपमा राहत सामग्री वितरण गरेका छन् । नेपाल कोरिया उद्यमी व्यवसायी संघको नेतृत्वमा अंकुर नेपाल, सङ्गी नेपाल, द ब्रिज इन्टरनेसनल तथा कोरियन एसोसिएसन एमपिएस मोनिटर लगायतका संस्थाहरूको संयुक्त पहलमा उक्त राहत हस्तान्तरण गरिएको हो ।

राहत स्वरूप चामल, दाल, चिउरा, तेललगायतका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, लाइफ ज्याकेट तथा अन्य अत्यावश्यक सामग्री प्रदान गरिएको छ । यी सामग्रीहरू जिल्ला समन्वय समिति, विदुर, नुवाकोटस्थित राहत व्यवस्थापन समितिमार्फत पीडितहरूलाई हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ का सांसद अच्युतम लामिछाने, जिल्ला समन्वय प्रमुख, स्थानीय राहत व्यवस्थापन समितिका सदस्यहरू तथा सहयोगी संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

सो अवसरमा नेपाल कोरिया उद्यमी व्यवसायी संघका अध्यक्ष प्रेमकुमार गुरुङले यो पहिलो चरणको राहत भएको र आवश्यकताका आधारमा आगामी दिनमा पनि थप सहयोग उपलब्ध गराइने बताए । त्यसैगरी, अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले विपद्को घडीमा सहकार्य र एकतामार्फत मात्र पीडितलाई प्रभावकारी मद्दत पु¥याउन सकिने उल्लेख गर्दै संस्थाले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

सामग्री हस्तान्तरणपश्चात् प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको थियो । कोरिया रिटर्नी तथा कोरियासँग जोडिएका संस्थाहरूको यो संयुक्त प्रयासले विपद् व्यवस्थापन र सामाजिक उत्तरदायित्वमा सकारात्मक सन्देश प्रवाह गरेको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्