Skip to content

भोटेकोशी बाढीमा दिवंगतप्रति श्रद्धाञ्जलीस्वरूप सामूहिक धार्मिक अनुष्ठान (तस्बिरसहित)

nmb bank inside

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ । आज बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको हो ।

बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तन आयोजना गरिएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्