Skip to content

CTEVT का सबै डिप्लोमा/प्रमाणपत्र तहका परीक्षा अनिश्चितकालका लागि रोकियो

nmb bank inside

काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले डिप्लोमा तथा प्रमाणपत्र तह अन्तर्गत सञ्चालन हुने नियमित तथा आंशिक परीक्षाहरू स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले  सोमबार सूचना जारी गर्दै २०८३ भदौ २३ गते बिहान ७ बजेदेखि सञ्चालन हुने तय भएका परीक्षाहरू विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको हो।

यसअघि २०८३ भदौ १५ गते प्रकाशित परीक्षा तालिका र भदौ १६ गते सार्वजनिक गरिएको परीक्षा केन्द्रसम्बन्धी सूचनाअनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो। तर अप्रत्याशित अवस्थाका कारण परीक्षा स्थगित गर्नुपरेको कार्यालयले स्पष्ट पारेको छ।

कार्यालयका अनुसार नयाँ परीक्षा तालिका तथा केन्द्रसम्बन्धी विवरण पछि प्रकाशित गरिने सूचनाअनुसार सार्वजनिक गरिनेछ । परीक्षासम्बन्धी थप जानकारीका लागि सम्बन्धित सबैलाई CTEVT को आधिकारिक वेबसाइटमार्फत जानकारी लिन आग्रह गरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्