Skip to content

स्कुल लिगको उपाधि एलए डगन्सलाई

nmb bank inside

स्कुल लिगको उपाधि एलए डगन्सलाई

काठमाडौं । नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को ग्राण्ड फिनाले खेलमा एलए ड्र्यागन्स विजेता भएको छ । 

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा शनिबार रति सम्पन्न भएको खेलमा आरबीएस रेड पाण्डालाई पराजित गर्दै एलए ड्र्यागन्सले उपाधि हात पारेको हो । खेलमा एलए ड्र्यागन्सले आरबीएस रेड पाण्डालाई २—० ले पराजित गरेको हो । 

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको एलए ड्रागन्सले फाइनलमा समेत आफ्नो प्रभाव कायम राख्दै उपाधि जितेको हो । आरबीएस रेड पाण्डा भने उपविजेतामा सीमित भयो ।

प्रतियोगितामा विभिन्न ८ विद्यालयका टोलीहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भएको लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एलए ड्रागन्स फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्