Skip to content

भुवनेश्वर पशुपति मन्दिरमा भक्तजनको घुइँचो

nmb bank inside

भुवनेश्वर पशुपति मन्दिरमा भक्तजनको घुइँचो

हेटौँडा । हरितालिका तीजको अवसरमा आज(सोमबार)हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

तीजका अवसरमा विशेष गरी महिलाहरू बिहानैदेखि मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना, जलार्पण तथा दर्शन गरिरहेका छन् । रातो सारी तथा तीजको पहिरनमा सजिएका महिलाहरू समूह–समूहमा मन्दिर परिसरमा पुगेका छन् ।

मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेसँगै तीजको धार्मिक तथा सांस्कृतिक वातावरणसमेत देखिएको छ ।

विवाहित तथा अविवाहित महिलाहरूले आफ्नो मनोकामना पूरा होस्, परिवारमा सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने कामनासहित भगवान् शिवको पूजा–आराधना गरेका छन् ।

हरितालिका तीज नेपाली हिन्दु महिलाहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ । यस दिन महिलाहरूले व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्