काठमाडौँ। सेयर बजार सुधार्ने सरकारको २१ बुँदे कार्ययोजनापछि मंगलबार नेप्से उच्च अंकले बढेको छ ।अर्थमन्त्रालयले सोमबार पूँजी बजार सुदृढीकरण तथा पुनः उत्थान कार्ययोजना सार्वजनिक गरेपछि आज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २,६३३ को बिन्दुमा पुगेको हो।
आज २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३१ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एभरेष्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानकिर्ताले ५ दशमलव ५५ प्रतिशतका दरले गुमाएका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्