Skip to content

बिहिबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बिहिबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो ।

योसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । कारोबारको अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्