Skip to content

शुक्रबार २२.८५ अंकले बढ्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २२.८५ अंकले बढेर २,६४७ को विन्दुमा कायम भएको हो।

आज दिनभरिमा २ करोड १२ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आजको बजारमा १९६ कम्पनीको मूल्य बढ्दा ७४ कम्पनीको शेयर मूल्य घटेको छ।

आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन स्नो रिभर्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.६६ प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्