Skip to content

आरोग्यका लागि दौड, समाजका लागि योगदान : दुई हजारभन्दा बढीको सहभागितामा दौड सम्पन्न

nmb bank inside

आरोग्यका लागि दौड, समाजका लागि योगदान : दुई हजारभन्दा बढीको सहभागितामा दौड सम्पन्न

काठमाडौं । जीवन विज्ञान यूथको आयोजनामा ‘आरोग्यका लागि दौड, समाजका लागि योगदान’ भन्ने मूल भावका साथ आयोजित ५ किलोमिटर र १० किलोमिटर दौड कार्यक्रम दुई हजारभन्दा बढीको सहभागितामा शनिबार सम्पन्न भएको छ ।

दशरथ रंगशालाबाट सुरु भएको दौडमा १० वर्षदेखि ७० वर्षसम्मका सहभागी सहभागी भएका थिए। २० देखि ३० वर्ष उमेर समूहका सहभागीको संख्या उल्लेख्य रहेको थियो । संविधान दिवसको अवसर पारेर आरोग्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै रसुवा बाढीपीडित क्षेत्रका विद्यालय तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले दौड आयोजना गरिएको हो ।

१० किलोमिटर दौड दशरथ रंगशालाबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर हुँदै पुनः तीनकुने, बानेश्वर, माइतीघर मण्डला, भद्रकाली र सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर सम्पन्न भएको थियो ।

त्यस्तै, ५ किलोमिटर दौड दशरथ रंगशालाबाट थापाथली, माइतीघर मण्डला हुँदै बिजुलीबजारको आर्क ब्रिजसम्म पुगेर माइतीघर मण्डला, भद्रकाली र सुन्धारा हुँदै दशरथ रंगशालामै पुगेर सम्पन्न भएको थियो । 

कार्यक्रमको उद्घाटनका क्रममा गुरुदेव रमेश नेपालले सहभागीहरूलाई ध्यान गराए । उनले दौडसँगै शरीर, मन र चेतनालाई सन्तुलित राख्ने अभ्यासको महत्त्वमा जोड दिएका थिए ।  

समापन कार्यक्रममा गुरुदेव एल पि भानु शर्माले सहभागीहरूलाई धन्यवाद दिँदै नेपालले अब आरोग्यको नेतृत्व गर्नुपर्ने बताए । उनले दौड स्वास्थ्यका लागि मात्र नभई सेवासँग जोडिएको अभियान भएको उल्लेख गर्दै सबैलाई सेवामा समर्पित हुन आग्रह गरे । 

‘सेवासँग जोडिएर विश्वलाई आरोग्य र सेवाको सन्देश दिन सबैले सहकार्य गर्नुपर्छ’ भन्नेमा जोड दिँदै उनले बाढीपीडित क्षेत्रमा पुगेर सेवा गर्नसमेत सबैलाई आह्वान गरे । 

दौडमा किलोमिटरको पुरुषतर्फ रविन्द्र राउत प्रथम, सुकदेव कुलुङ द्वितीय, निश्चल राई तृतीय भए । ५ किलोमिटरको महिलातर्फ जेनिशा राई प्रथम, सुजिना बम, द्वितीय तथा योनिका राउत तृतीय भए । 

त्यस्तै १० किलोमिटरको पुरुषतर्फ दीपक बुढाथोकी प्रथम, रिंकु सिंजाली द्वितीय र सार्थक के.सी. तृतीय भए । यस्तै १० किलोमिटर महिलातर्फ शारदा राई प्रथम, प्रिया शाह द्वितीय र स्मृति ढकाल तृतीय भए । 

विजेता खेलाडीहरूलाई श्रद्धेय भानु गुरुदेव र जीवन विज्ञानकी अध्यक्ष देवी शर्माले पुरस्कार वितरण गरेका छन् । 

स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमा जोडिएको यस दौडले ‘स्वास्थ्यका लागि दौड, समाजका लागि योगदान’ भन्ने सन्देशलाई प्रवाह गरेको छ । कार्यक्रमले युवादेखि ज्येष्ठ पुस्तासम्मलाई स्वस्थ जीवनशैली र सेवाभावमा जोडिन प्रेरित गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्