काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो ।
योसंगै आज सुन तोलामा ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्