काठमाडौं । बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द महताराविरुद्धको वैवाहिक जबरजस्तीकरणीलाई कमजोर बनाएको आरोप लगाएकी छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्कालिन अवस्थामा बाँके प्रहरी, सरकारी वकिल र कर्मचारीको मिलेमतोमा पीडकलाई उन्मुक्ति दिएको गुनासो गरेकी छन् ।
पीडित सिंहले ०८२ मा हालेको वैवाहिक मुद्दामा बाँके जिल्ला अदालतले निज महतारालाई धरौटीमा रिहा गरेपनि उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले पुर्पक्षमा पठाएको तर तत्काल सर्बोच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि थप पीडा भएको गुनासो सिंहको छ ।
आफ्नो मुद्दालाई कमजोर पार्न बाँके जिल्ला सरकारी वकिल दशरथ गौतम र बाँकेको डुडुवा गाउँपालिका सचिवका रुपमा कार्यारत विद्याराम यादवले सबैभन्दा बढी चलखेल गरेको उनको आरोप छ । आफ्नो मुद्दालाई निस्कृय बनाउन दशरथ गौतमले अनेक हत्कण्डा अपानाएको उनले जनाइन् ।
त्यसैगरी पालिका सचिव यादवले स्थानीय निकायमा भएका दस्तावेज उपलब्ध गराउनका लागि एक लाख घुससमेत मागेको बताउँदै सिंहले भनिन्,‘यादवले मागेको रकम दिन मैंले इन्कार गरेपछि उनले ‘तपाईको श्रीमानले विवाह दर्तासम्बन्धी प्रमाण नदिन रोक लगाउनु भएको छ,’ भने ।’
बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका ४ गणेशपुर निवासी तथा सडक पूर्वाधार विकास कार्यालय रोल्पा लिभाङ प्रमुख इन्जिनियर गोविन्द बहादुर महतारा क्षेत्रीसँग २०७४ मंसिर २६ गते विवाह गरेर वैधानिक श्रीमती भएको सिंहले बताइन् । श्रीमान महताराले पछि आफूमाथि जबरजस्तीकरणी गरेपछि कानुनी उपचारमा जान बाध्य भएको जानकारी दिइन ।
‘मेरो श्रीमान किन ममाथि यसरी हिंसात्मक र क्रुर बन्नहुन्छ भन्ने पछि थाहा भयो कि उहाँको अर्को पनि श्रीमती रहिछन्’, सिंहले भनिन् ।
बारम्बार आफूमाथि वैवाहिक हिंसा चलिरहेपछि सहनै नसकी २०८२ मा आफूले ‘वैवाहीक जक’ सम्बन्धि मुद्दा हालेको र त्यसमा आफ्ना प्रर्याप्त प्रमाण र आधारलाई अन्देखा गरी पुर्पपक्षमा थुन्नुपर्नेलाई धरौटीमा छाडेको उनको गुनासो छ ।
आफूले घटना भएलगत्तै बाँके प्रहरी समक्ष जाहेर दिन जाँदा प्रहरीले दर्ता गर्न इन्कार गरेको र पछिल्लो समयमा आएर वर्तमान प्रहरी प्रमुखले सहयोग गरेर मुद्दा केही हदसम्म अगाडि बढाउन मदत गरेको उनको कथन छ ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्