Skip to content

गुफा पोखरीको दृश्य (फोटो/भिडियो)

nmb bank inside

गुफा पोखरीको दृश्य (फोटो/भिडियो)

दिलकुमार लिम्बू,नेपाल न्युज बैंक

ताप्लेजुङ । तीनजुरे, मिल्के र जलजले क्षेत्रको मुख्य आकर्षण गुफा पोखरी पुगेपछि हिमाली दृश्य र गुराँस वनको सौन्दर्यले मन हर्ष विभोर हुन्छ । समुद्री सतहबाट २,८९० मिटर उचाइमा रहेको यो स्थानको चर्चित पोखरीकै नाममा गुफा पोखरी नामकरण भएको हो ।

तीनजुरे, मिल्के र जलजलेको संगम गुफा पोखरी तेह्रथुम र सङ्खुवासभा जिल्लाको पनि मिलनबिन्दु हो । ताप्लेजुङका पश्चिमी गाउँ, तेह्रथुमका उत्तरी र सङ्खुवासभाका दक्षिणी गाविसवासी यही पोखरी मार्ग हुँदै आवतजावत गर्छन् ।

हिउँदमा हिउँले पोखरी नै जम्छ । अधिक हिमपात हुने गुफा पोखरीमा पुस र माघ महिना हिउँ खेल्न सुनसरीको इटहरी, धरान, धनकुटा, तेह्रथुमको वसन्तपुर, सङ्खुवासभाको खाँदबारीदेखिका युवाको जमघट भइरहन्छ ।

गुफा पोखरीसँग जोडिएको मेन्छेम डाँडा अर्को विशेषताले भरिएको छ । ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न यो स्थानबाट सूर्योदयको दृश्य देख्न सकिन्छ । गुफा पोखरी पुगेका अधिकांश युवायुवती बिहान ३ बजे नै सूर्योदयको दृश्य अवलोकन गर्न मेन्छेम डाँडा पुगिसकेका हुन्छन् । 

गुफा पोखरी जोड्ने मोटर बाटो निर्माण पूरा भएको छ । इटहरी-धरान हुँदै ताप्लेजुङको मैवाखोला गाउँपालिका दैनिक बस सञ्चालनमा रहेको छ ।।।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्