धादिङ र रसुवाका जोखिमयुक्त सडकमा तत्काल बेलीब्रिज निर्माण गर्न सांसद लामाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले धादिङ र रसुवाका विभिन्न सडक तथा पुल तत्काल मर्मतसम्भार र निर्माण गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पृथ्वी राजमार्गअन्तर्गत धादिङ सदरमुकाम जोड्ने मलेखु–खुड्के खोला पुल निर्माणमा अझै समय लाग्ने देखिएकाले मुख्य पुल निर्माण सम्पन्न नभएसम्म नागरिकको आवतजावत सहज बनाउन वैकल्पिक बेलीब्रिज निर्माण गर्नुपर्ने बताइन् ।
उनले खुड्के खोलाको आसपास उपयुक्त स्थान पहिचान गरी तत्काल बेलीब्रिज निर्माणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै, गल्छी–सुनौलो बजार हुँदै धादिङ सदरमुकाम जाने सडक, पृथ्वी राजमार्गअन्तर्गत होमलेट रेस्टुरेन्टबाट परेवाटार हुँदै धादिङ जाने सडकखण्ड तथा सङ्कोश–चिप्लिङ–सोङ्जाङ सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न उनले माग गरिन् ।
उनले चाडपर्व नजिकिँदै गएकाले ती सडकलाई सुरक्षित र सञ्चालनयोग्य बनाउन समयमै आवश्यक व्यवस्था मिलाउनुपर्ने बताइन् ।
यसैगरी, उनले रसुवाको स्याफ्रुबेँसी र आकोबोसी क्षेत्रमा पनि तत्काल बेलीब्रिज निर्माण गर्न सरकारसँग माग गरिन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्