काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८२१ सवारीसाधनमाथि कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १६ गते बिहान ६ बजेसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मा.प.से.), सिसिटिभी, रातो बत्ती उल्लंघन, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था, एकतर्फी सडक (वन–वे) लगायतका कसुर समावेश छन् ।
कारबाहीको विवरणअनुसार मा.प.से.तर्फ ५३, सिसिटिभीमार्फत ५९, रातो बत्ती उल्लंघनमा ३९, तीव्र गतिमा १०४, हर्नतर्फ १२, लेन अनुशासन उल्लंघनमा ३, सवारीको अवस्था ठीक नभएकोमा ३४ तथा वन–वे उल्लंघनमा ३ वटालाई कारबाही गरिएको छ । अन्यमा ५१० वटा सवारी कारबाही गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्