काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २१ को आयोजनामा आठौँ मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुसमा हुने भएको छ।
प्रतियोगितामा १७ स्पर्धामा प्रतिस्पर्धा हुने प्राविधिक प्रमुख निकेशप्रसाद जोशीले जानकारी दिएका छन्। आयोजकका अनुसार प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता रहनेछ। १७ वटै स्पर्धामा नगद पुरस्कारको व्यवस्था गरिएको छ।
ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख रुपैयाँ रहेको छ। पुस ५ गतेदेखि साताव्यापी रूपमा सञ्चालन हुने प्रतियोगिताका खेल ललितपुरको खोकनामा हुनेछन्।
आयोजक वडा नम्बर २१ का अध्यक्ष रविन्द्र महर्जनले ऐतिहासिक तथा सांस्कृतिक नगरी खोकनामा प्रतियोगिता आयोजना गर्नुको उद्देश्य खेलकुदको विकाससँगै खोकनाको मौलिक कला, संस्कृति, परम्परा, ऐतिहासिक पहिचान तथा स्थानीय सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नु रहेको बताए।
उनले प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्न मद्दत पुग्नुका साथै स्थानीय तहबाटै टेबलटेनिसको विकासमा समेत टेवा पुग्ने बताए।
आयोजकका अनुसार प्रतियोगिता रात्रीकालीन रूपमा समेत सञ्चालन गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्