काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका आयोजक समिति अन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले महाधिवेशनको लागि सहज र व्यवस्थित रुपमा यातायात व्यवस्थापन गरिएको बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आजका लागि दरबारमार्गस्थित अन्नपूर्ण होटल, नेपाल एकेडेमी, प्रज्ञा प्रतिष्ठान, प्रज्ञा भवन, भृकुटीमण्डप, धरहरामुनिको पार्किङ, रंगशालाको उत्तरीतर्फ आर्मी क्लब छेउ तथा बग्गीखानाको पछाडि नेशनल ट्रेडिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको जानकारी दिए ।
उनले भने, ‘आजको लागि पार्किङ चाहिँ दरबारमार्गमा अन्नपूर्ण होटल, त्यसपछि नेपाल एकेडेमी, प्रज्ञा प्रतिष्ठान, प्रज्ञा भवन, भृकुटीमण्डप, धरहरामुनिको पार्किङ, रंगशालाको उत्तरीतर्फ आर्मी क्लबको छेउमा र बग्गीखानाको पछाडि नेशनल ट्रेडिङमा पार्किङको व्यवस्था गरिएको छ ।’
उनले बसका लागि माइतीघर मण्डलादेखि भद्रकालीसम्मको एक लेनमा ‘वान वे’ व्यवस्था गरिएको बताए ।
‘बसका लागि माइतीघर मण्डलादेखि भद्रकालीसम्मको एक लेनमा ‘वान वे’ व्यवस्था गरिएको छ,’उनले भने ।
पार्किङस्थलमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीका लागि छुट्टाछुट्टै व्यवस्था नरहेको पनि उनले बताए ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्