काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (युरोप क्षेत्र) पदमा गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष चिन्तामणी सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष एवं जनसम्पर्क समिति विश्व सञ्जालका महामन्त्री समेत रहेका सापकोटाले महाधिवेशनमार्फत विश्वभर फैलिएको नेपाली डायस्पोरालाई कांग्रेसको नीति निर्माण र नेपालको विकास प्रक्रियासँग संस्थागत रूपमा जोड्ने लक्ष्यका साथ उम्मेदवारी अघि सारेका हुन्।
प्रवासमा रहेका लाखौँ नेपालीहरूलाई केवल ुरेमिट्यान्स पठाउने माध्यमुका रूपमा मात्र हेरिने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले गैरआवासीय नेपालीलाई ज्ञान, सीप, पुँजी र प्रविधि बोकेका राष्ट्रिय विकासका बराबरका साझेदारका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सापकोटाले आफ्नो राजनीतिक वक्तव्यमार्फत नेपाल सरकार तथा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउँदै ६ बुँदे प्रमुख माग तथा एजेन्डा अघि सारेका छन्।
जसअन्तर्गत संविधानमा व्यवस्था भए बमोजिम गैरआवासीय नेपाली नागरिकता सहज र पूर्ण अधिकारसहित व्यवहारमा लागू गर्नुपर्ने, दोहोरो नागरिकता वा नागरिकताको निरन्तरताको कानुनी सुनिश्चितता गरिनुपर्ने तथा सर्वोच्च अदालतको आदेश अनुसार विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आगामी निर्वाचनहरूबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग रहेका छन्।
साथै एनआरएन लगानीलाई आकर्षित गर्न छुट्टै ुवान(स्टप सर्भिस सेन्टरुको स्थापना, बैंक खाता, सेयर बजार र पुँजीरनाफा फिर्ता सम्बन्धी प्रक्रिया सहज बनाउनुका साथै नेपालमा रहेको पैतृक तथा आर्जित सम्पत्तिको स्वामित्व, खरीद–बिक्री र हकहस्तान्तरणको पूर्ण सुरक्षा हुनुपर्नेमा उनले जोड दिएका छन्।
प्रवासमा रहेका नेपालीहरूको ज्ञान, प्रविधि र सीपलाई नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार र प्रविधि क्षेत्रमा भित्र्याउन राष्ट्रिय डायस्पोरा ज्ञान, सीप कोष गठन गर्नुपर्ने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि सामाजिक सुरक्षा कोष थप प्रभावकारी बनाइनुपर्ने उनको जोड छ।
विदेशस्थित नेपाली दूतावासहरूलाई स्रोत(साधन सम्पन्न बनाई श्रम समस्या, उद्धार, कानुनी सहायता र कन्सुलर सेवा द्रुत एवं पारदर्शी बनाउनुपर्ने माग पनि उनले अघि सारेका छन्।
नेपाली कांग्रेसको नेतृत्वमा भएका हरेक ऐतिहासिक परिवर्तनमा डायस्पोराको अतुलनीय योगदान रहेको उल्लेख गर्दै सापकोटाले युरोप क्षेत्रबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी प्रवासमा रहेका नेपालीका अधिकारलाई पार्टीको नीति र सरकारको प्राथमिकतामा स्थापित गराउने सशक्त माध्यम हुने दाबी गर्दै सम्पूर्ण महाधिवेशन प्रतिनिधि एवं गैरआवासीय नेपालीहरूमा ऐक्यबद्धताका लागि अपिल गरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्