काठमाडौँ । नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या बढाएर १५ जना बनाउने निर्णय गरेको छ। विधान संशोधनमार्फत समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै नयाँ संरचना तय गरिएको हो।
नयाँ व्यवस्थाअनुसार समावेशिताका आधारमा ९ जना, खुलातर्फबाट २ जना र सभापतिले मनोनीत गर्ने ४ जना गरी कुल १५ जना सहमहामन्त्री रहनेछन्।
समावेशी समूहअन्तर्गत महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपाङ समुदायबाट एक–एक जना सहमहामन्त्री चयन गरिनेछ।
यसअघि सम्पन्न महाधिवेशनमा अल्पसंख्यक/अपाङ्ग क्लस्टर समावेश गरिएको थिएन। तर, नयाँ संशोधनले उक्त समूहलाई समेत प्रतिनिधित्वको दायरा भित्र ल्याएको छ।
खुला प्रतिस्पर्धाबाट समेत दुई जना सहमहामन्त्री चयन गरिने व्यवस्था गरिएको छ भने सभापतिलाई एक महिला अनिवार्यसहित चार जना सहमहामन्त्री मनोनीत गर्ने अधिकार दिइएको छ।
यो संशोधनलाई पार्टीभित्र समावेशिता र सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयासका रूपमा हेरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्