Skip to content

कांग्रेस महामन्त्री जितेर पार्टी एकताको मियो बन्न चाहन्छु : डा. डिला संग्रौला

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला(पन्त)ले महामन्त्री पदमा उमेदवारी दिने र विजयी हुने दाबी गरेकी छन् । महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्दै उनले त्यस्तो दाबी गरेकी हुन् ।

काठमाडौंको खुल्लामन्चमा जारी कांग्रेसको १५ औं महाधिवेशनकै सन्दर्भमा केन्द्रीय समितिको बैठकले एक महिला महामन्त्री थप गर्ने निर्णय भएपछि उनले आफू महामन्त्रीका लागि योग्य भएको दाबी गरिन् ।

१४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री बनेकी उनले महामन्त्री पदमा विजयी भए पार्टीलाई एकतामा जोड्ने मियो बन्नसक्ने दाबी पनि गरिन् ।

‘मैंले नेपालको मेचीदेखि महाकालीसम्मका कांग्रेसका साथीहरुलाई निरन्तर साक्षात्कार गरिरहेको छु । युवा, महिला र सिमान्तकृत समूदायका मुद्दा धेरै पटक उठाएको छु । विद्यार्थी राजनीतिदेखि नै काम गर्दै आएकाले आफू सँधै परिवर्तनका पक्षमा रहेकाले कार्यकर्ताले मलाई विश्वास गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

पार्टीलाई रुपान्तरण गर्ने र पार्टीभित्र तल्लोदेखि माथिल्लो तहसम्म जोड्न आफू कडीका रुपमा उभिने पनि उनले प्रतिवद्धता व्यक्त गरिन् । उनले कांग्रेसलाई गुटवन्दीमुक्त पार्टी बनाउने पनि प्रतिवद्धता जनाइन् ।

सदन, सडक र कलमका माध्यमबाट भुइँमान्छेको आवाज उठाउँदै आएको जानकारी दिएकी उनले पार्टी एकताको बलिलो मियो बनेर इतिहास रच्ने पनि उनको दाबी छ ।

‘मैंले प्राध्यापन पेसा छाडेर कांग्रेसको राजनीति गरें । पार्टीसँग सबै पेसा व्यवसाय भएका व्यक्तिहरुलाई जोड्ने काम गरिरहेको छु । त्यसैले महामन्त्रीका लागि बलियो उम्मेदवार हुँ,’ उनले भनिन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्