आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको पहाडी र हिमाली भूभाग र कर्णाली प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश, कोशी प्रदेशको तराई भूभाग, कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । देशको पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिक देखि साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। देशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकरदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्