काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महरले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्षसमेत रहेका महर १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले पार्टीको शिक्षा विभागको नेतृत्वसमेत सम्हालेका थिए ।
महरले लामो समयदेखि पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आएका थिए । पार्टी संगठनमा विद्यार्थी राजनीतिदेखि सक्रिय रहँदै आएका महरले आफ्नो राजनीतिक अनुभव र संगठनात्मक भूमिकालाई आधार बनाउँदै महामन्त्री पदमा दाबी प्रस्तुत गरेका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्