Skip to content

कांग्रेसलाई लोकप्रिय र पहिलो पार्टी बनाउन मेरो उम्मेदवारी : डा.मिनेन्द्र रिजाल

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका नेता डा.मिनेन्द्र रिजालले पार्टीको ८० बर्षको इतिहासलाई नयाँ उर्जासँग जोडेर एकतावद्ध कांग्रेस बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । 

‘म सँग भएको अनुभव र साथीहरुले देखाउनुभएको उर्जा जोडेर अघि बढ्नुपर्छ । पार्टी एकता कमजोर हुँदा फागुन २१ को निर्वाचनमा पराजय व्यहोरेको छ । यस्तोबेला पार्टीलाई उर्जा चाहिएको छ, त्यसका लागि मेरो उम्मेदवारी हो,’ उनले भने ।

कांग्रेसको उर्जा र अनुभवको संगमबाट एकतावद्ध बनाएर अघि लैजानुपर्ने भन्दै डा.रिजालले आगामी दिनमा लोकप्रिय र पहिलो पार्टी बनाउने उद्घोष पनि गरे । 

मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनले मंगलबार उपसभापति पदमा उम्मेदवारी दिएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्