Skip to content

कर्णाली राजमार्ग अवरुद्ध, गगने खोलामा लगातार पहिरो

nmb bank inside

कालीकोट । कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका–१ स्थित गगने खोलामा पहिरो जाँदा बुधबार बिहानदेखि सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको हो।

निरन्तर पहिरो झरिरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न सकिने अवस्था नरहेको कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए।

‘पहिरोका कारण बुधबार बिहानदेखि नै सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘सुर्खेतबाट आएका गाडी खिड्की ज्युला र दैखोलामा रोकिएका छन् भने माथिबाट सुर्खेतका लागि हिँडेका गाडी कालीकोटको मान्म, हुल्म र खुलालु बजारमा रोकिएका छन्।’

पहिरो लगातार झरिरहेकाले जेसीबी मेसिन गगने खोलाकै साइटमा भए पनि पहिरो पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

गगने खोलामा लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्