काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बजरंग नेपालीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले केन्द्रीय सदस्य पदका उम्मेदवार बजरंग नेपालीले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले नेपालीले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संगठनप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता तथा साथीहरूको सुझाव र आग्रहलाई ध्यानमा राख्दै उम्मेदवारी दिने निर्णय गरेको भए पनि पार्टीको समग्र परिस्थिति, नेतृत्वसँगको छलफल तथा संवाद र आगामी यात्रामा सबैलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
उनले हाललाई पार्टीलाई आवश्यक परेको ठाउँमा आफ्नो अनुभव, समय र क्षमतामार्फत योगदान पु¥याउने बताएका छन्।
नेपालीले पार्टीभित्र सबै पुस्ता, क्षेत्र र साथीहरूले आफ्नो भूमिका र क्षमता प्रस्तुत गर्ने अवसर पाउनुपर्नेमा जोड दिएका छन्।
उनले उम्मेदवारी फिर्ताको निर्णयलाई सहमति, एकता र संगठनलाई प्राथमिकता दिँदै आगामी यात्रामा निरन्तर योगदान गर्ने निर्णयका रूपमा बुझिदिन आग्रह गरेका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्