झापा । झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित फर्निचर उद्योगबाट बुधबार आगलागी हुँदा आसपासका पाँच घरमा क्षति पुगेको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार भद्रपुर लाइनमा रहेको फर्निचर उद्योगबाट सुरु भएको आगो आसपासका घरमा फैलिएको हो ।
आगलागीबाट पाँच घरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।
‘मानवीय क्षति भएको छैन, आगलागीबाट चारदेखि पाँच घरमा क्षति पुगेको छ,’उनले भने, ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ ।’
आगलागी नियन्त्रणका लागि चारवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालन भएका थिए । उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण र आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।









Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्