कांग्रेस भोजन व्यवस्थापनका संयोजक रानाभाट चुनावी मैदानमा : तारिफ पाएको छु, चुनाव जित्छु
काठमाडौं । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भएका कास्कीका तिलक रानाभाट कांग्रेसको १५औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका रुपमा भोट मागिरहेका छन् ।
महाधिवेशनमा भोजन व्यवस्थापन समितिको संयोजक समेत रहेका उनले मैदानमा कार्यकर्ताको उत्साहजनक माया पाइरहेको प्रतिक्रिया पनि दिए ।
‘कांग्रेसको आर्थिक एजेन्डा बलियो बनाउन, पारदर्शिता कायम राख्न र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन मेरो इच्छा छ,’ उनले भने,‘पार्टीमा केही साथीहरु छुट्नु भएको छ तर विस्तारै समायोजन हुनेछ ।’
१५औं महाधिवेशनमा भोजन व्यवस्थापनमा कुनैपनि टिप्पणी नआएको दाबी गरेका उनले नौं हजार जनालाई सहज रुपमा खाना खुवाउँदा धेरैबाट तारिफ पाएको पनि बताए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्