काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताएका छन्।
बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सिंहले पार्टीभित्र अहिले देखिएको विवादलाई विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्ने बताए।
सिंहले कांग्रेस पार्टीभित्रै विधिको शासन कायम हुनुपर्ने बताए। पार्टीको विधान र नियम मिचेर गरिने गतिविधिको विरोध गर्नुपर्ने उनको भनाइ थियो।
‘यो पार्टीले चाहिँ के हो भन्दाखेरि पार्टीभित्रै विधिको शासन त हुनुपर्यो नि त। त्यो कारणले गर्दाखेरि अहिले जुन नेपाली कांग्रेसमा यो चाहिँ भनौं न पार्टीभित्र एउटा चाहिँ जुन अप्रजातान्त्रिक तवरले, अलोकतान्त्रिक तवरले पार्टीको विधान, नियम मिचेर जुन जबर्जस्त गरेर र चाहिँ यो चाहिँ के छ भन्दाखेरि देशी–विदेशी तत्त्वहरूको सहयोगमा कांग्रेस पार्टीलाई चाहिँ कमजोर पार्नको लागि किन कमजोर गर्नु पर्यो त भन्दाखेरि नेपाली कांग्रेस पार्टीले सबभन्दा बढी जोड के मा दिन्छ भन्दाखेरि नेपालको यो चाहिँ जुन हाम्रो चाहिँ देश छ, राष्ट्र छ, राष्ट्रियतामा हाम्रो चाहिँ बढी जोड छ,’ उनले भने।
विशेष महाधिवेशनको विषयमा बोल्दै सिंहले पार्टीको विधानअनुसार प्रक्रिया पूरा नभएको दाबी गरे।
उनले भने,‘अहिलेको विशेष महाधिवेशनमा के भयो भन्दाखेरि केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएको छ? भएको छैन। के यो चाहिँ विधि, नियम अनुसार त्यो चाहिँ रुजु भएको छ? त्यो पनि भएको छैन। भनेपछि त के हो भन्दाखेरि यो पार्टीको परम्परा र जुन हाम्रो चाहिँ अभ्यास हो, त्यो अभ्यासको ठीक विपरीत यो कांग्रेसको मागमा पनि भएको होइन। यो त कसको माग भन्दाखेरि कोही व्यक्ति विशेषको चाहिँ महत्त्वाकांक्षा र चाहिँ कुनै शक्तिहरूको चाहिँ राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर गर्ने शक्तिहरूको इन्ट्रेस्टमा कांग्रेस विभाजन गर्नको लागि यो विशेष महाधिवेशन गरेको छ।’
उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित रूपमा १५औँ महाधिवेशन गर्नुपर्ने बताए।
‘अहिले हामीले यो १४औं महाधिवेशनबाट इलेक्टेड केन्द्रीय कार्यसमिति शेरबहादुर देउवाजीको सभापति र केन्द्रीय कार्यसमितिले नै नियमित तवरले १५औं महाधिवेशन गर्ने, यो कांग्रेसको अभ्यास पनि हो, कांग्रेसको विधानले पनि त्यही भन्छ र परम्परा पनि त्यही हो,’ उनले भने।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्