रजत वर्षमा ब्लु डाइमन्ड सोसाइटी : अधिकारका क्षेत्रमा ऐतिहासिक उपलब्धी हासिल गरेको दाबी
काठमाडौं । लैङ्गिक पहिचान, स्वास्थ्य, मानव अधिकारलगायत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकारका क्षेत्रमा क्रियाशील संस्था नील हिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) ले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ ।
विहीबार काठमाडौं एक विशेष समारोहको आयोजना गर्दै संस्थाले रजत वर्ष मनाएको हो । सो अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले वादीले अल्पसंख्यक समूदायका मुद्दाहरु स्थापित गराउन दक्षिण एसियामा नेपाली उदाहरणीय रहेको उल्लेख गर्दै माग र मुद्दाहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।
समूदायलाई संविधानले सम्बोधन र सम्मान गरेको बताउँदै मन्त्री बादीले सरकारले प्रभावकारी कामहरु योजनावद्ध रुपमा अघि बढाएको जानकारी दिइन । उनले समलिंगी विवाहलाई नीतिगत रुपमा मान्यता दिलाउन र तथ्यांक संकलनमा काम गरिरहेको बताइन् ।
न्यायधीश हरि फुयाँलले कानुनी रुपमा समूदायले ऐतिहासिक उपलब्धी हासिल गरेको बताए । उनले सर्वोच्च अदालतले दिएका आदेशहरु कार्यान्वयन जरुरी रहेको औंल्याए ।
नेता गणेश साहले पहिलो संविधान सभामा समूदायका अधिकार पहिलो पटक संसदमा उठाएको अनुभव सुनाउँदै समूदायका व्यक्तिहरु विजयीको यात्रामा रहेको उल्लेख गरे ।
नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले २५ बर्षमा भोगेका अनुभवहरु सुनाउँदै अबको २५ बर्षको योजनाहरु बनाएर अघि बढ्नुपर्ने औल्याइन् । उनले अधिकारका लागि सर्वोच्च अदालतदेखि संसदसम्म धाउँदा भोगेका समस्याहरु सुनाइन ।
समारोहमा संस्थालाई सहयोग गर्ने विभिन्न संस्था र व्यक्तिहरुलाई सम्मान समेत गरियो । कार्यक्रममा मानवअधिकार आयोगकी लिली थापा, नेता गणेश साह, अष्ट्रेलियन र नर्वेजियन दूतावासका प्रतिनिधि, दातृ निकायका प्रतिनिधि, अभियन्तालगायतलाई सम्मान गरिएको थियो ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्