काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानलाई आग्रह गरेको छ।
विभागले विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको जनाएको छ।
विभागले उक्त कानुनी व्यवस्थाअनुसार श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानलाई अनुरोध गरेको छ।
रोजगारदाताले चाडपर्व खर्च उपलब्ध नगराएमा सम्बन्धित श्रमिक तथा कामदारले रोजगारदाता वा प्रतिष्ठान रहेको कार्यक्षेत्रअन्तर्गतको श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने विभागले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्