काठमाडौं । सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेउपानेलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २३ गतेको बैठकका मुख्य निर्णयहरू
१.विश्व बैंकसँग ल्भउब िभ्बचतजत्रगबपभ ऋबतबकतचयउजभ द्ययलम सम्बन्धी :बलमबतभ ब्नचभझभलत मा हस्ताक्षर गर्न स्वीकृति दिने।
२.बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।
३. जापानको आईची–नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने ।
४. नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्