कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले शनिबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सरकार (मन्त्रिपरिषद्) को असोज २४ गतेको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी दिएको हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्