कांग्रेस देउवा समूहको मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
मुगु । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षले मुगुमा शक्ति प्रदर्शनसहित जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेसँगै जिल्लामा पार्टीको नेतृत्व चयन प्रक्रिया सहमतिमार्फत टुंगिएको हो ।
जिल्ला सभापति पदका लागि तिलकबहादुर मल्ल र खगेन्द्र मल्लबीच प्रतिस्पर्धा हुने अवस्था थियो । तर, पार्टीलाई जिल्लामा थप बलियो र संगठनलाई एकताबद्ध बनाउने उद्देश्यसहित खगेन्द्र मल्लले आफ्नो दाबी त्याग गरेपछि तिलकबहादुर मल्ल सर्वसम्मत सभापति चयन भएका हुन् ।
अधिवेशनले २७ सदस्यीय जिल्ला कार्यसमितिसमेत चयन गरेको छ । जिल्ला अधिवेशनबाट केन्द्रको १५ औ महाधिबेशनको लागि प्रतिनिधिहरु समेत चयन गरेको छ ।
कर्णाली प्रदेशमा देउवा पक्ष कांग्रेस सक्रिय नेतृत्व गरिरहेका पूर्ववनमन्त्री ऐनवहादुर शाहीको गृहजिल्ला मुगुमा सम्पन्न अधिवेशनलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।
अधिवेशनमा ठूलो संख्यामा कार्यकर्ता सहभागी गराएर देउवा पक्षले आफ्नो संगठनात्मक उपस्थिति र राजनीतिक शक्ति प्रदर्शन गरेको हो ।
जिल्ला अधिवेशन केवल नेतृत्व चयनमा सीमित नरही पार्टीभित्रको संगठनात्मक प्रभाव देखाउने अवसरको रुपमा लिएको छ ।
पार्टीभित्र दुईधार देखिएको अवस्थामा मुगुमा वडा, पालिका , प्रदेश ‘क’ र ‘ख’ र जिल्ला अधिवेशन सफल भएको कांग्रेस नेता एवम पूर्वमन्त्री शाहीले बताए ।
कांग्रेसका युवा नेता तथा महासमिति सदस्य धर्मराज शाहीले लामो मेहनतपछि अधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताए ।
कांग्रेसको १५ औं महाधिबेसन अन्तरगत गत असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रियाअन्तर्गत कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएका छन्।
यसै क्रममा हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाही जिल्ला सभापतिमा चयन भएका छन्।
मुगुमा तिलकबहादुर मल्लको नेतृत्व चयनसँगै जिल्ला कांग्रेसले नयाँ कार्यसमितिसहित संगठन सञ्चालनको जिम्मेवारी पाएको छ।
्



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्